काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारसँग सुस्तालगायत क्षेत्रमा नेपाली सेना परिचालन नगर्नुको कारण माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा आएर जवाफ दिनुपर्ने बताए । नेपाली सेनालाई सीमा क्षेत्रमा परिचालन गर्न नमिल्नुको कारणबारे संसदलाई जानकारी चाहिने उनको भनाइ