काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते बेइजिङ जाँदैछन् ।बेइजिङ बसाइका क्रममा समकक्षी वाङ यीलगायत चिनिया अधिकारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुने र चिनियाँ व्यवसायीहरुसँग अन्तरक्रिया समेत गर्नेछन् । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ । रास्वपाका वरिष्ठ नेता