परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै

  • शुक्रबार​ २९ जेठ २०८३ ०७:३९ AM
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल यही आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चारदिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच विभिन्न क्षेत्रमा आपसी सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ । चीन बसाइका क्रममा मन्त्री खनालले त्यहाँका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग समेत शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । यसैगरी, ... The post परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै appeared first on Kalika Khabar.