काठमाडौँ । आर्थिक विधेयकमार्फत करका दर हेरफेर र बजेटपूर्व सूचना चुहाएको आरोपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्नुपर्ने माग राष्ट्रिय सभामा समेत उठेको छ । सभाको शुक्रवारको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले वाग्लेमाथि छानबिन गर्न माग गरेका हुन् । सांसद अधिकारीले संसदमा टेबुल भइसकेको विधेयकमा संशोधन संसदले मात्र गर्नसक्ने संवैधानिक व्यवस्था रहेको समेत