काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोजेको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् । सांसद कँडेलले उक्त आयोजनाबारे बजेटमा वित्तीय व्यवस्थापनको कुनै खाका समेत नआएको भन्दै आपत्ति