महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

  • शुक्रबार​ २९ जेठ २०८३ ०९:५९ AM
काठमाण्डु- महेन्द्रनगर,पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएको छ । आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले पुलसँगै गाइडबण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउन मातहत कार्यालयलाई निर्देशन दिएको हो ।