काभ्रे– काभ्रेको बुच्चाकोटमा सवारी बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । बनेपाबाट सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार अपराह्न बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो । काभ्रे प्रहरीका डिएसपी रविन विष्टले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी