एन्फामाथिका आरोप छानबिन गर्न राखेपद्वारा उपसमिति गठन

  • शुक्रबार​ २९ जेठ २०८३ १०:०६ AM
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भइरहेको भनिएको अनियमितता, भ्रष्टाचार तथा पदको दुरुपयोग सम्बन्धी उजुरीमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपाध्यक्ष विशाल श्रेष्ठको‌ संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष एन्फाविरुद्ध विभिन्न गम्भीर आरोपसहित उजुरी परेपछि सो विषयमा ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न The post एन्फामाथिका आरोप छानबिन गर्न राखेपद्वारा उपसमिति गठन first appeared on हाम्रो खेलकुद.