सरकारको कर नीति विरोधमा आन्दोलन भए आर्थिक अस्थिरता नजिक: सांसदहरू

  • शुक्रबार​ २९ जेठ २०८३ ११:३१ AM
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम र बजेट विनियोजनबिच स्पष्ट तादात्म्य नमिलेको भन्दै चर्को आलोचना गरेका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी सांसदहरूले यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बजेट लेखको परम्परागत शैली तोडेको भएपनि रूपान्तरकारी बजेट ल्याउन