अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छ: पर्यटनमन्त्री

  • शुक्रबार​ २९ जेठ २०८३ ११:२० AM
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले अभौतिक संस्कृति सम्पदा (संरक्षण) विधेयक २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । मन्त्री पौडेलले उक्त सम्पदाले ऐतिहासिक पारम्परिक ज्ञान पद्धतिलाई मान्यता दिने पनि