८८ करोड बक्यौता उठाउन सरकार कडाइमा, उद्योगी भुक्तानीमा जुटे

  • शुक्रबार​ २९ जेठ २०८३ १२:०० PM
काठमाण्डु- औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापतको महसुल बुझाउन अटेर गरेका उद्योगले कारबाही गर्ने सरकारको चेतावनीपछि धमाधम बक्यौता बुझाउन थालेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सात दिनभित्र बाँकी महसुल नबुझाए कानुनअनुसार बक्यौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले महसुल बुझाउन थालेका हुन् । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका