बेइजिङमा परराष्ट्रमन्त्रीको परीक्षा

  • शनिबार ३० जेठ २०८३ ०८:०० AM
काठमाडौं : भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै छन्। जुन १४ देखि १७ सम्म हुने परराष्ट्रमन्त्री खनालको यस भ्रमणलाई नेपाल–चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ्दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महŒवपूर्ण परीक्षाका रूपमा हेरिएको छ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का वरिष