काठमाण्डु – पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाइएको छ । यस अवसरमा शुक्रबार साँझ काठमाण्डुमा विशेष स्वागत समारोह आयोजना गरिएको छ। भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र काठमाण्डुस्थित पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालद्वारा संयुक्त रूपमा आयोजित उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक