एजेन्सी । सिरियाको राजधानी दमासकसमा विश्वकप २०२६ को अवसर पारेर विश्वकप महोत्सव शुरु भएको छ । वर्षौंदेखिको द्वन्द्वबाट तङ्ग्रिँदै गरेको यस मुलुकका नागरिकहरूका लागि यो महोत्सव उत्साह, एकता र राहतको माध्यम बनेको छ । राजधानीको पुरानो दमासकस प्रदर्शनी स्थललाई सार्वजनिक फ्यान जोनमा परिणत गरी आयोजना गरिएको यस महोत्सवमा ठूला डिजिटल पर्दाहरूमा फुटबल खेलको प्रत्यक्ष प्रसारण