रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

  • शनिबार ३० जेठ २०८३ ०४:२२ AM
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा कास्कीका नवीन त्रिपाठी निर्वाचित भएका छन् । शुक्रबारदेखि पोखरामा सुरु भएको प्रथम प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा त्रिपाठी विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार त्रिपाठीले २३४ मत प्राप्त गर्दै पहिलो चरणमै सभापतिमा निर्वाचित भएका छन् ।