पेट्रोल पम्पमा अब ‘कोटा प्रणाली’, एक दिनमा बढीमा २०० लिटर मात्र पाइने

  • शनिबार ३० जेठ २०८३ ११:०० AM
भारत : भारत सरकारले इन्धनसम्बन्धी नयाँ आदेश जारी गरेको छ । नयाँ नियमअनुसार थोक रूपमा इन्धन खरिद गर्ने ग्राहकहरूले अब खुद्रा (रिटेल) पेट्रोल पम्पबाट पेट्रोल वा डिजेल किन्न पाउने छैनन् । साथै, एउटा सवारीसाधनले एक दिनमा अधिकतम २०० लिटर डिजेल मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।तेल कम्पनीहरूलाई भइरहेको घाटालाई ध्यानमा राख्दै केन्द्र सरकारले यो निर्णय गरेको हो । इरान–अमेरिका समझदारीको खबरपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटेर प्रतिव्यारेल ८६ डलरसम्म पुगेको छ । यसअघि