काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति तथा पहिचानका आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले भौतिक पूर्वाधार र आर्थिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकासलाई समान महत्त्व दिनुपर्ने बताए । उनले कला र साहित्यले