काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो । जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १० औं परियोजना निर्देशक समिति (पीएससी) र ८ औं संयुक्त कार्यदल (जेडब्लूजी)को बैठक परियोजनाबारे बृहत छलफल भएको हो । बैठकमा ... The post नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिबीच छलफल appeared first on Kalika Khabar.