बाजुरा-हुम्ला सीमा विवाद क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ, अस्थायी सुरक्षा बेस स्थापना गरिने

  • शनिबार ३० जेठ २०८३ ०७:३९ AM
काठमाडौं । बाजुरा र हुम्ला जिल्लाबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद चर्किएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटातर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन उक्त स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी गरिएको छ