काठमाडौँ महानगरपालिकाभित्र १२८ ठाउँमा डुबान : मनसुन पूर्वतयारी र प्रतिकार्य योजना स्वीकृत 

  • शनिबार ३० जेठ २०८३ ०३:४२ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ । कार्यवाहक प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म बर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानेर कार्ययोजना स्वीकृत गरेको हो । महानगरपालिकाका निर्देशक वसन्त आचार्यको अध्यक्षतामा गठित योजना तर्जुमा कार्यदलले तयार पारेको सम्भावित डुवान क्षेत्रको पहिचान र नक्साङ्कनका आधारमा कार्ययोजना बनाइएको हो ।  स्वीकृत कार्ययोजना कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित विभाग र जिम्मेवार तोकिएका अधिकारीहरुको तदरुकता अवको आवश्यकता हो । वैठकमा समितिका संयोजक डंगोलले भन्नुभयो, ‘राम्रो कार्ययोजना कार्यान्वयन गर्न निरन्तर अभ्यास, स्पष्ट कार्य विभाजन, तोकिएका स्थानमा तोकिएका सामानको उपलब्धता, ती सामानमा सम्बन्धित अधिकारी वा समुदायको पहुँच सुनिश्चित गर्नु ।’ उहाँले विपद व्यवस्थापन विभाग र कार्ययोजनामा जिम्मेवारी प्रदान गरिएका अधिकारीलाई भन्नुभयो, ‘कार्ययोजनाको नतिजा विपद व्यवस्थापनबाट मूल्याङ्कन हुनेछ ।’ उहाँले सम्भावित डुवानको जोखिम घटाउन पूर्वाधार, सरसफाइ जस्ता तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपदका समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिनुभएको छ ।  कार्यदलले महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान गरेको छ । यसबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान छ । विपद व्यवस्थापन विभागका प्रमुख एवं समितिका सदस्य सचिव अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं