काभ्रे दुर्घटना छानबिन गर्न समिति गठन

  • शनिबार ३० जेठ २०८३ ०९:१६ AM
काठमाण्डु– प्रहरी प्रधान कार्यालयले शुक्रबार काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक दानबाहदुर कार्कीले एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । थापानेपाल प्रहरी प्रदेश कार्यालय पनौतीमा कार्यरत छन् । समितिमा काभ्रे प्रहरीका डिएसपी रविन विष्ट, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डिएसपी गंगा सारु,