मतभेद र असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरिनुपर्छ: विमलेन्द्र निधि

  • शनिबार ३० जेठ २०८३ ०१:३५ PM
महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् । आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित ‘नेपाली कांग्रेस एकता, पार्टी सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले विचार