काठमाडाैं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई शुक्रबार अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ लिएका छन्।
अर्थमन्त्रालयका अनुसार उनले आजै प्राधिकरणमा पुगेर पद वहाली गर्ने कार्यक्रम रहेको छ । उनलाई गत असोज ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । यस अघिका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न मन्त्रालयले निलम्बन गरेर शर्मालाई नयाँ अध्यक्ष बनाइएको हो ।