नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । प्रसाईंले सहकारी ठगीको पैसा जनताको करबाट तिर्ने प्रक्रिया सुरु हुने वित्तिकै वर्तमान सरकारको ‘दशा’ सुरु हुने र व्यवस्था नै नरहने बताए