काठमाण्डु– उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक