सनातन सम्मेलनका लागि नेपाल आउँदै स्वामी अवधेशानन्द गिरि

  • सोमबार १ असार २०८३ ०७:०७ AM
भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेशस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउँदैछन्। असार ६ गते विराटनगरमा आयोजना हुने सनातन सम्मेलनमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। सम्मेलनमा स्वामी अवधेशानन्द गिरि मुख्य वक्ताका रूपमा प्रस्तुत हुनेछन्। सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ तथा किरात धर्मगुरु मुहिङ्गुम