ललितपुर : ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरि ‘ई-चलान’ प्रणालीको शुभारम्भ गरेको छ ।महानगरभित्र जथाभाबी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाँच्ने लगायतका काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरि ई - चलान प्रणालीको शुभारम्भ गरेको हो ।महानगरले बर्जित गरेका कामहरुको जरिवाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरि क्युआर कोडसहितको ई - चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानग