जनताको चाहना सुशासन, तीव्र विकास र शान्ति हो : राष्ट्रपति पौडेल

  • सोमबार १ असार २०८३ ०८:४१ AM
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन् । सोमवार लोकसेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए