लोक सेवा आयोगको भूमिका परीक्षा र सिफारिसमा मात्र सीमित नहोस् : हरि ढकाल

  • सोमबार १ असार २०८३ ०८:५० AM
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लोक सेवा आयोगको भूमिकालाई परीक्षा सञ्चालन र कर्मचारी सिफारिसमा मात्र सीमित राख्न नहुने बताएका छन् । लोक सेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन, विधिको शासन, सार्वजनिक प्रशासनको व्यावसायिकता तथा लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणमा आयोगको योगदान थप प्रभावकारी हुनुपर्ने बताए ।