कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुन्छ : महासचिव पोखरेल

  • सोमबार १ असार २०८३ ०९:१५ AM
काठमाण्डु– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ शिराबाट एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको सुझावको आधारमा एमाले पुनर्गठन हुने बताएका हुन् । उनले भने, ‘अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेको छ। चुनावको समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढाउनुपर्दछ