शिक्षामन्त्री पोखरेल र स्विटजरल्याण्डका राजदूत ड्यानिएलबीच भेटवार्ता

  • सोमबार १ असार २०८३ ०९:०० AM
काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । स्विटजरल्याण्ड नेपालको प्राविधिक