प्रभावकारी सेवाबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति

  • सोमबार १ असार २०८३ ०९:३६ AM
काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएको छ । लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले जनताको विकासको चाहना पूरा गर्नु अहिलेको आवश्यकता भएको बताए । राष्ट्रपति पौडेलले भने, “संघिय लोकतान्त्रिक गणतन्त्रका लागि बलिदान गरेका जनताको चाहना मुलुकको चौतर्फी विकास हो