काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गरेका छन् । सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा