काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् । पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाँचिदिनू भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै शर्माले भने, ‘एकजना मन्त्रीजी सडकमा पुग्नु भएछ । र, भन्नु भएछ कि यो बाटो निर्माणमा ढिलो जो भइरहेको छ । निर्माण व्यवसायीलाई भेट्नुभो भने खुट्टा भाचिदिनुस् ।’ शर्माले सोमबार भिडियो मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । कैलालीमा कर्मचारीहरुले एक श्रमिक महिलाको टेम्पोलाई भिरबाट खसालिदिएको घटना र सिरहामा परीक्षा हलमा भेटिएका ५०० भन्दा बढी मोबाइललाई पानीमा खन्याएर नष्ट गरेको घटना पनि शर्माले प्रधानमन्त्री शाहलाई सुनाएका छन् । ‘प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ