विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्न तालिम

  • सोमबार १ असार २०८३ ११:३० AM
काठमाडौँ। विद्यालय स्तरका विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘लिडरसिप डेभलपमेन्ट ट्रेनिङ’ कार्यक्रम भ्याली पब्लिक हाई स्कुलमा सम्पन्न भएको छ। ‘बिल्डिङ लिडरसिप, ब्रान्डिङ बुढानीलकण्ठ’ नारासहित आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जनप्रतिनिधि, शिक्षक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयका स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा अन्य