काठमाण्डु- अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाण्डुबाट करिब १ किलो ५०० ग्राम कोकिनसहित एक जना सेनेगलका पुरुष र दुई जना भारतीय महिलालाई पक्राउ गरेको हो । इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका ४३ वर्षीय नागरिक आमादु सारलाई शङ्कास्पद रूपमा निगरानीमा राखिएको व्युरोले जनाएको