परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग भेटवार्ता

  • सोमबार १ असार २०८३ ०३:०३ PM
काठमाण्डु – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, उच्चस्तरीय राजनीतिक आदानप्रदान तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श भएको छ । दुवै पक्षले नेपाल र चीनबिचको परम्परागत मित्रता, आपसी विश्वास र सहयोगलाई