काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। चीनको राजधानी बेइजिङमा सोमबार उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो।दुई देशबीचको समग्र द्विपक्षीय सम्बन्धका साथै पूर्वाधार तथा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।भेटका क्रममा दुवै पक्षले नेपाल-चीनबीच जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा स