नेपाल दलित संघको अध्यक्षमा रामुदामु नियुक्त

  • सोमबार १ असार २०८३ ०९:४९ PM
काठमाडौँ। नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त भएका छन्।  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम सभापति गगनकुमार थापाले सोमबार रामुदामुलाई संघको अध्यक्ष नियुक्त गरेका हुन्।  चितवनका रामुदामु सुनचाँदी व्यवसायी हुन्। संघ कांग्रेसको भातृ संस्था हो।  सभापति थापाले रामुदामुलाई ११ बुँदे कार्यादेश र कार्यविवरणसहित समयभित्रै महाधिवेशन गर्ने गरी जिम्मेवारी दिएका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। संघको लामो समयदेखि अधिवेशन हुन सकेको छैन। तत्कालीन अध्यक्ष लोकबहादुर विश्वकर्माले अधिवेशन गराउन नसकेपछि पदबाट राजीनामा दिएका थिए।