काठमाडौं : सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई विशेष कारबाही गर्ने भन्दै गत शुक्रबार विज्ञप्ति जारी गर्यो। आइतबार स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी निर्देशन दिए।सरकारले आगामी आर्थिक वर्षको बजेटबाट निर्माण व्यवसायीलाई परेको कठिनाइको यथोचित सम्बोधन गर्ने बताउँदै निर्माण क्षेत्रले माग्दै आएको मूल्य समायोजनालाई सम्बोधन गर्ने बताएको छ। तर, सरकारले एकपछि अर्को गर्दै निर्माण क्षेत्रलाई धराशायी बनाउन खोजेको