मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो : अध्यक्ष सिटौला

  • मङगलबार २ असार २०८३ ०४:५३ AM
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट बोल्दै अध्यक्ष सिटौलाले मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब पारिएको र व्यवसायीले करोडौंको लगानी गर्दा पनि सरकारले न्यूनतम पूर्वाधार समेत नबनाइदिएको गुनासो गरे। यातायात क्षेत्रलाई राज्यले कतिसम्म उपेक्षा गरेको छ भन्ने उदाहरण दिँदै उनले भने, ‘मन्त्रालयको नाम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो, तर त्यहाँ गएर बोर्ड हेर्दा पूर्वाधार विकास मात्र लेखिएको हुन्छ, यातायात भन्ने शब्द नै गायब छ। यातायात मन्त्रालयमै यातायात शब्द नअट्नु विडम्बना हो।’ यातायात क्षेत्रमा ... The post मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो : अध्यक्ष सिटौला appeared first on Kalika Khabar.