एजेन्सी । चीनले सोमवार आठ वटा उपग्रह बोकेको लिजियान–१ वाइ१४ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको एक व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार बिहान ११ः४४ बजे प्रक्षेपण गरिएको उक्त रकेटले आफ्ना पेलोडलाई तोकिएको कक्षमा सफलतापूर्वक पुर्याएको छ । प्रक्षेपण गरिएका सबै उपग्रहहरू उच्च–रिजोल्युसन भएका अप्टिकल रिमोट सेन्सिङ (प्रकाशीय दूरसंवेदन) उपग्रहहरू हुन्