सुदूरपश्चिम प्रदेश सरकारको अभियानः ‘पोखौँ पसिना देशमै हाँसेर’

  • मङगलबार २ असार २०८३ ०५:४६ AM
काठमाण्डु– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । स्वदेशमै सीप, श्रम र सिर्जनशीलताको सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री धामीले बताए