काठमाण्डु– भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेशमा अवस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउने भएका छन् । स्वामी अवधेशानन्द गिरि असार ५ गते काठमाण्डु ओर्लिने भएका हुन् । उनी सोही दिन काठमाण्डुमा आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठीमा सहभागि हुनेछन् । असार ६ गते विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अवधेशानन्द गिरिको सहभागिता हुने