काठमाडौं : भारतको प्रसिद्ध धार्मिकस्थल ऋषिकेशमा अवस्थित जुना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी नेपाल आउँदैछन् । असार ५ गते काठमाडौं ओर्लिने स्वामी अवधेशानन्द गिरी सोही दिन काठमाडौंमा हिन्दू स्वयंसेवक संघ नेपालको आयोनामा हुने प्रबुद्ध नागरिक गोष्ठीमा पनि सहभागी हुनेछन् ।असार ६ गते विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनका लागि अवधेशानन्द गिरी नेपाल आउन लागेका हुन् । विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छ