राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

  • मङगलबार २ असार २०८३ ०६:३४ AM
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियारले उनलाई सोमबार प्रधानमन्त्री कार्यालय बालुवाटारबाट पक्राउ गरेको हो । पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको बताइएको छ ।