राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ 

  • मङगलबार २ असार २०८३ ०६:३० AM
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।  अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको हो ।  अख्तियारले महानिर्देशक अर्यालका साथै व्यवसायी सिद्धार्थ थापालाई पनि पक्राउ गरेको छ ।