काठमाडौं : नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै विश्वास नभएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद महरले प्रधानमन्त्री शाहले देश बनाउने भनेर घोषणा गरेको टिममा अर्थमन्त्री स्वर्णिम वाग्ले नै नपर्नु अहिले आएको बजेटले देश बनिने कुरामा प्रधानमन्त्री नै विश्वस्त नभएको कुराको प्रमाण भएको महरले दावी गरे । उनले अर्थमन्त्रीको बजेटमा विश्वास नभएर नै प्रधानमन्त्रीको देश बनाउने टिममा अर्थमन्त्री नपरेको