प्रतिनिधि सभाको बैठकमा हाजिर गरेर मन्त्री हिँडेपछि...

  • मङगलबार २ असार २०८३ ०३:०० PM
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ। विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका समयमा सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएपछि बैठक स्थगित भएको हो।बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार मन्त्रीहरू बैठकमा उपस्थित नभएको भन्दै प्रश्न उठाएपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरेका हुन्। शर्माले सम्बन्धित मन्त्रीहरु बिना मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएका थिए। उनले मन्त्रीहरूले संसदको अपमान गरेको दाब