काठमाण्डु– भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्साल र अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधिसभामा सभामुख प्रवेश गर्दा आसनबाट नउठेको घटनाले संसदभित्र मर्यादा र आचरणबारे नयाँ विवाद जन्माएको छ। प्रतिनिधिसभाको मंगलबार बसेको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयलाई लिएर एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए। महरले प्रतिनिधिसभा नियमावलीको नियम २०